प्रकाशित मिति:- 2015-01-26 01:24:51
टोकियो,जापान।
जापानमा रहेका तामाङ समुदायले आज टोकियोमा विविध साँगीतिक कार्यक्रमका साथ २८५१ औं सोनाम ल्होछार मनाएका छन। नेपाल तामाङ समाज जापान केन्द्रिय समितिको आयोजनामा भएको ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु लोक गायिका इन्दिरा गोले र युवा गायक तथा संगीतकार बिशाल काल्तानको साँगीतिक प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।
प्रकाशित मिति:- 2015-01-24 19:36:06
टोकियो। गत वर्ष ट्रेनको लिगमा खसेकी जापानी युवतीलाई बचाएको कदर स्वरुप नेपाली युवक अनुजराज कार्कीलाई जापान सरकारले उच्च सम्मान प्रदान गरेको छ। जापान सरकारका तर्फबाट प्रधानमन्त्री सिन्जो आवेले शुक्रवार टोकियोमा एक बिशेष समारोहका बीच नेपाली युवा कार्कीलाई सम्मान गरेको हो
प्रकाशित मिति:- 2015-01-10 03:27:58
टोक्यो,जापान।
तामाङहरुको महान सांस्कृतिक चाड ल्होछारको अवसरमा नेपाल तामाङ समाज,जापान केन्द्रीय समितिले टोक्यो र च्युबु क्षेत्रिय समितिले नागोयामा भब्य ल्होछार कार्यक्रम गर्ने भएको छ।
प्रकाशित मिति:- 2015-01-05 07:40:28
नागोया,जापान।
नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिती नागोयाले मंगोलियन हर्टका गायक राजु लामालाई सम्मान गरेको छ। क्षेत्रीय समितीका अध्यक्ष सुर्य बहादुर थिङ तामाङले सम्मान पत्र र खदा ओडेर सम्मान गरेको थियो भने उपाध्यक्ष राजकुमार तामाङ र सचिब कर्म दोङले खदा ओडेर बधाई दिएका थिए। समितीका सल्लाहकार रेशम तामाङले मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।
प्रकाशित मिति:- 2015-01-04 09:03:03
टोकियो । बाग्लुङको गल्कोट क्षेत्रबाट जापान आइ विभिन्न क्षेत्रमा क्रियाशील गल्कोटबासीहरुको संस्था गल्कोट समाज जापानले नयाँ वर्ष सन् २०१५ का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
प्रकाशित मिति:- 2014-12-28 06:26:58
टोक्यो,जापान।
पहिचान सहितको संघियता, संघीयता सहितको नयां संबिधानको मागलाई लिएर आन्दोलनरत अधिकारवादी नेता पद्मरत्न तुलाधरको नेतृत्वमा रहेको 'आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’लाई सहयोगार्थ जापानमा आर्थिक सहयोग संकलन कार्य तिब्र पारिने भएको छ।
प्रकाशित मिति:- 2014-12-17 21:04:50
टोक्यो, जापान ।
जापानका रहेका नेपालीहरुले एक बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।नेपाली साझा समाज जापानले गोरखा सौरपानी–२ की कृपा पनेरुलाई ७७ हजार जापानी येन सहयोग गरेका छन् ।
प्रकाशित मिति:- 2014-12-17 02:44:00
टोक्यो,जापान।
नेपाल आदिबासी जनजाति महासंघ, जापान र जापानमा रहेका जातिय संस्थाको प्रतिनिधिहरुले धर्म निरापेक्षता, संघियता र गणतन्त्र बिरोधि गतिबिधि बढेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै त्सयको बिरोधमा प्रधानमन्त्री, संबिधान शभाका अध्यक्ष,राजनैतिक दलका नेताहरु र सभासदको नाममा टोक्यो स्थित दुताबासमा ज्ञापन पत्र बुझाइको छ।
प्रकाशित मिति:- 2014-12-17 02:12:27
नागोया, जापान।
गल्कोट समाज जापानले नया बर्ष २०१५ को अवसरमा आयोजना गर्न लागेको नया बर्षको शुभकामना आदान प्रदान तथा सांगीतिक कायक्रमलाइ भब्यरुपमा सम्पन गर्ने निर्ण भएको जनाएको छ।
प्रकाशित मिति:- 2014-12-15 03:35:28
जापानमा क्रियाशिल दुई संस्था नेपाल जापान युथ क्लब र वि फर अलले जन आन्दोलनले स्थापित गरेको उपलब्धिहरु प्रति प्रतिबद्दता जाहेर गर्दै त्यसको बिरोध गर्नेहरु प्रति खबरदारी गरेको छ।आज युथ क्लबका अध्यक्ष टासी लामा र वि फर अलका अध्यक्ष सरोज कुमार खत्रीले संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै खबरदारी गरेको हो।
प्रकाशित मिति:- 2014-12-14 08:59:23
अँग्रेजी नयाँ बर्ष २०१५ को आगमन सँगै जापानवासी नेपालीहरुलाई शुभकामना सहित यस बर्षलाई हर्सोल्लाष र संगीतमय बनाउन नेपालकै चर्चित ब्याण्ड मंगोलियन हर्ट का गायक राजु लामा जापान आउने भएको छ । नेपाली नयाँ बर्षमा जापानवासी नेपालीलाई मनोरन्जन प्रदान गरेका राजु लामाले अँग्रेजी नयाँ बर्षमा पनि जापानका मुख्य शहर ओसाका र नागोयाका नेपालीहरुलाई सांगितिक कोसेसी लिएर आउन लागेका हुन ।
प्रकाशित मिति:- 2014-12-13 10:47:47
टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापानले पहिचान सहितको संघीयता र समावेशी संविधान निर्माण गर्न ध्यानाकर्षण गराएको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै अहिले विभिन्न बहानामा नेपाललाई हिन्दू राष्ट बनाउन खोजिएको भन्दै यसलाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने जनाएको छ ।
प्रकाशित मिति:- 2014-11-20 23:32:22
विगत दुई महिनादेखि ह्रदयघातको उपचार गराइरहेका गीतकार एवं संगीतकार बिजु बज्रलाई उपचार सहयोगार्थ जापानमा बस्दै आएका संगीतकर्मीले आथिर्क सहयोग गरेका छन् ।
प्रकाशित मिति:- 2014-11-11 02:30:43
प्राकृतिकरुपमा धनी भएतापनि आर्थिक रुपमा निकै कमजोर र जिर्ण नेपाल बिश्वकै गरिब राष्ट्रहरुमा पर्दछ। सहरका भेगहरुमा गरिबीको प्रभाव परेको महशुस नभए पनि ग्रामीण भेगको जीचनशैली भने निकै दयनीय छ ।देशमा विकाशको लागि आबश्यक पुर्बाधारहरु र संरचनाहरु दिनानुदिन घट्दै जानुले साना तथा मझोला उद्योगहरु पनि बन्द हुने क्रम तिव्र छ । यसरी साधारण रुपमा संचालनमा रहेका घरेलु व्यवसायहरुले पनि राम्रो बजार भाउ नपाँउदा नेपालीहरु व्यवसाय छोडी बिदेशीनु बाध्य हुनुपरेको हो। दिनै पिच्छे हजारौको संख्यामा नेपाली युवा पुस्ताहरु श्रमको लागी बिभिन्न देशमा जाने गर्दछ । त्यस भिडमा हाल प्राथमिकताको साथ प्रमुख गन्तव्य स्थलको रुपमा रहेको छ जापान । शुन्दर र शान्त देश जापान र नेपालको हावापानी लगभग मिल्न जान्छ । एसियन राष्ट्रहरु बिच विकाशको गतिमा दोस्रो स्थानमा रहेको जापानमा हाल नेपालीहरुको चाप पनि दैनिक रुपमा बढ्ने क्रम तिव्र छ ।
प्रकाशित मिति:- 2014-10-17 10:17:41
नेपाली जनप्रगतीशिल मंञ्च जापानको टोकियो क्षेत्रीय भेला सम्पन्न भएको छ । नेकपा-माओबादी निकट प्रबाशी नेपाली हरुको संगठन नेपाली जनप्रगतीशिल मंञ्च जापानको हिजो टोकियो,सिन्जुकुमा भएको भेलाले भानु अर्यालको नेतृत्वमा ५१ सदस्यीय नेपाली जनप्रगतीशिल मंञ्च जापान टोकियो क्षेत्रीय समितिको गठन गरेको छ ।
प्रकाशित मिति:- 2014-10-16 02:07:10
मृगौला रोगी मिना तामाङको सहयोगार्थ नागोयामा देउसी भैलो सांझ कार्यक्रम हुने भएको छ।जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजरको आयोजनामा २५ अक्टोवरमा माछापुच्छ्रे रेस्टुरेन्टमा कार्यक्रम हुने लागेको हो।
कार्यक्रममा स्थानिय कलाकार कर्म दोङ तामाङ , राजीब लामा लगायतको साथमा डिजे सुसाङ र रेशमको प्रस्तुति रहने छ ।
प्रकाशित मिति:- 2014-10-16 01:49:38
टोकियो – नेपाल जापान युथ क्लवले मुटुरोगले पीडित विद्यार्थी टिकाबहादुर रानालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
क्लवले आयोजना गरेको ‘चौथो नेपाल फेडेरेशन रनिङ कप फुटवल’ को च्यारिटी म्याचमा उठेको रकम ६ मान (साठी हजार) येन पीडित रानालाई अक्टोवर १२ तारिखका दिन ‘द पोखरा नाईट’ का अवसरमा क्लवका अध्यक्ष तासी लामाले हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति:- 2014-10-13 05:24:05
संजित ढकाल बचाउ अभियानमा संकलन भएको ६ लाख ९२ हजार ३ सय ४२ जापानी येन संजित ढकाल बचाउ अभियानका संयोजक नेपाल सन्देश डट कमका प्रवन्ध निर्देशक नविन निउरेले सोमबार नेपाल सन्देश डट कमको काठमाडौंस्थित कार्यालयमा एक कार्यक्रमबीच संजित ढकालका बुबा तुलसी प्रसाद ढकाललाई हस्तान्तरण गरे ।
प्रकाशित मिति:- 2014-09-29 06:06:18
गल्कोट समाज जापानले बाग्लुंग गल्कोट नरेठाटीका मृगौला खराब भएर थला परेका अर्जुन सुनारलाई ६ लाख ७८ हजार ६ सय ८४ रुपैयाँ उपचार को लागि सहयोग गरेको छ ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गरी समाजका अध्यक्ष हर्क थापाले सुनारको परिवारलाई उक्त रकम प्रदान गरेको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने उपचारमा थप रकम आवश्यक परे हामीले अझ पहल गर्नेछौ ।
प्रकाशित मिति:- 2014-09-29 02:45:17
गत सात जापानमा सम्पन्न दुइ ऐतिहासिक कार्यक्रमलाइ सफल सम्पन्न गराउन सहयोग गर्ने सबै जापानबासीनेपालीहरुमा एन आर एन जापानले धन्यवाद ब्यक्त गरेको छ | सेप्टेम्बर १८ र १९ गते नागानोको तातेसिनामामा सम्पन्न एन आर एन को ८ औं क्षेत्रीय सम्मेलन र २० र २१ गते टोक्योमा सम्पन्न नेपाल फेष्टिबल भब्य एबम सभ्य रुपमा सफल भएको जनाउदै कार्यक्रम सफल बनाउन जापानबासी नेपालीहरुको सहयोग ,एकता र भाइचारा सम्बन्धनै मुख्य रहेको एन आर एन जापानले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ |
प्रकाशित मिति:- 2014-09-24 21:44:16
टोकियो - गत साता तातेसिनामा भएको आठौं क्षेत्रीय सम्मेलनका लागि जापान आएका एनआरएन अग्रजहरुको सम्मानमा म्याग्देली सञ्जाल जापानले टोकियोमा एक साँगीतिक रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।
म्याग्दी जिल्लाको गलेश्वरमा रहेको नेपालको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम बनाईदिएर ठूलो राहत पुर्याएको भन्दै म्याग्देली सञ्जाल जापानले एनआरएन आईसीसीका अग्रजहरुलाई गत मंगलवार सांझ एक समारोहकाबीच सम्मान गरेको हो ।
प्रकाशित मिति:- 2014-09-24 21:36:54
टोक्यो । गैर आवासिय नेपाली संघ (एनआरएन) को कार्यक्रमका लागि जापान आएका नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेसहितको महासंघको टोली र जापान न्युज पेपर एण्ड अडिटर्स एशोसिएसन (निहोन सिम्बून क्योकाई) बीच भेटवार्ता भएको छ ।
प्रकाशित मिति:- 2014-09-24 03:11:03
जापानमा बढ्दो रुपमा गैरहेको नेपालीहरुको जनसङ्ख्यासंगै विभिन्न समस्याहरु पनि बढदै गैरहेको छ। तिनै समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा मातिृभूमिका लागि युवा अभियान जापान शाखाले वृहत अन्तरकृया कार्यक्रम गर्नेभएको छ ।
प्रकाशित मिति:- 2014-09-20 11:40:27
टोक्यो,जापान।
नेपालको प्रबर्द्दनको लागि भनेर आयोजना गरेको २ दिवाशीय नेपाल फेस्टिवलको पहिलो दिनमा नेपालको राष्ट्रिय झण्डाको अपमान गरिएको छ।जापानको लागि नेपाली राजदुत डा.मदनकुमार भट्टराईले प्रमुख अतिथि बनेर रिबन काटेर उदघाटन गरेको फेस्टिबलको मुल प्रवेशद्वारमा रहेको नेपाली राष्ट्रिय झण्डा पुरै उल्टो भएर दिनभरी फरफराईरह्यो।
प्रकाशित मिति:- 2014-09-20 08:05:02
टोक्यो,जापान
अंग्रेजी नया बर्षको अवसरमा चर्चित म्युजिक ब्याण्ड मङ्गोलियन हर्टका गायक राजु लामा न्यु ईयर २०१५ स्पेशल लाईभ कन्सर्ट गर्न जापानमा आउने भएका छन । जापानमा भित्र छरिएर बसेका सम्पूर्ण नेपालीहरु बिच एक-आपसमा नया बर्षको शुभकामना आदान-प्रदान गर्न उक्त कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन ।