स्कटल्याण्डमा जनमत संग्रह आज हुँदै
Admin / 2014-09-18 04:02:49
नेपाल ब्युरो– असोज २, एजेन्सी ।
स्कटल्याण्डमा आज एतिहासिक जनमत संग्रह हुँदैछ ।
बेलायतसँगको तीन सय वर्ष पुरानो सम्बन्ध कायमै राख्ने वा छुट्टिने भन्नेबार फैसला गर्न स्कटल्याण्डमा आज जनमत संग्रह हुने भएको हो ।
जनमत संग्ररहमा दुबै पक्षबीच कडा प्रतिस्पर्धा हुने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
एस भोट र नो भोट गर्न स्कटल्याण्डका करीब ४२ लाख मतदाता हुने अनुमान गरिएको छ । छुट्टिनेहरुले एस भोट तथा नछुट्टिनेहरुले नो भोट गर्नुपर्नेछ । तीन सय सात वर्र्षसँगै रहेको स्कटल्याण्ड अलग्गिने विषयमा बहस चल्न थालेपछि गतवर्र्ष यसको टुंगो जनमत संग्ररहबाट गर्ने सहमति बनेको थियो ।
स्वतन्त्र देशको पक्षमा एलेक्स सालमोन्ड स्कटिस नेशनल पार्टी लागेको छ भने महारानी एलिजावेथले भोट हाल्नु अघि निकै गम्भीर हुन सबै स्कटल्याण्डवासीलाई अपील गरेकी छन् । प्रधानमन्त्री डेबिड क्यामरुनले विपक्षमा मत हालेर वेलायतको एकता जोगाइराख्न अपील गर्नुभएको छ ।
प्रकाशित मिति: 2014-09-18 04:02:49
प्रतिक्रिया: