प्रकाशित मिति:- 2014-09-19 03:48:03
नेपाल ब्युरो–असोज ३ ,काठमाडौ ।
आज स्थानिय बजारमा सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।
छापावाल सुन हिजोको तुलनामा २ सय रुपैयाले घटेर प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-19 03:29:39
नेपाल ब्युरो– असोज ३, काठमाडौ ।
भारतीय कम्पनी जिएमआरसँग सरकारले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको लागि आज सम्झौतापत्रमा हस्ताक्षर गर्दैछ ।
सरकारले परियोजनाको परियोजना विकास सम्झौता पिडिए हिजो पारित गरेपछि आज सम्झौतामा हस्ताक्षर गर्न लागेको हो ।
प्रकाशित मिति:- 2014-09-16 08:44:23
नेपाल ब्युरो–भदौ ३१, काठमाडौ ।
कर्मचारी सञ्चय कोषले आफ्नो दायरा बढाउने भएको छ ।
कोषले निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि अवकाश पछि योगदानका आधारमा निवृत्तिभरण योजना सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रकाशित मिति:- 2014-09-16 03:57:57
नेपाल ब्युरो– भदौ ३१,काठमाडौ ।
स्थानिय बजारमा सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन हिजोको तुलनामा १ सय रुपैयाले बढेर प्रतितोला ५२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-15 08:31:53
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकले बैंकको केन्द्रिय कार्यालय र प्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् ।
बैँकले ट्रेड युनियन अधिकारलगायतका माग नसुनेको भन्दै धर्ना दिएका हुन् ।
प्रकाशित मिति:- 2014-09-15 05:37:57
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ ।
अर्थमन्त्री डा रामशरण महतले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताउनुभएको छ ।
उहााले शान्ति प्रक्रिया पूरा हुने क्रमसँगै राजनीतिक स्थायित्व कायम भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-14 04:42:50
नेपाल ब्युरो– भदौ २९, काठमाडौ ।
स्थानिय बजारमा हप्ताको पहिलो दिन आज सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन शुक्रबारको तुलनामा ३ सय रुपैयाले घटेर प्रतितोला ५१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-14 03:53:28
नेपाल ब्युरो– भदौ २९, काठमाडौ ।
नेपाल आयल निगमले पेट्रोलियम पाईपलाईन समझदारीपत्रको मस्यौदा सरकारलाई बुझाउने तयारी गरेको छ ।
निगमले नेपाल–भारत पक्षले तयार पारेको पेट्रोलियम पाईपलाईन समझदारीपत्रको मस्यौदा सरकारलाई बुझाउने तयारी गरेको हो ।
प्रकाशित मिति:- 2014-09-13 08:33:21
नेपाल ब्युरो– भदौ २८, काठमाडौ ।
सरकारले काठमाडौ उपत्यका लगायत देशका विभिन्न ७१ स्थानमा आगामी असोज १ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।
दशै तिहार छठ लगायतका महत्वपूर्ण चाडहरुलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँने भएको हो ।
प्रकाशित मिति:- 2014-09-12 08:31:46
नेपाल ब्युरो– भदौ २७, काठमाडौ ।
एसियाली विकास बैंकले नेपालले गरिबी निवारणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) ले काठमाडौंमा एक कार्यक्रम गरी एसिया क्षेत्रमा गरिबीको अवस्था सार्वजनिक गरेको हो ।
प्रकाशित मिति:- 2014-09-12 03:33:10
नेपाल ब्युरो– भदौ २७, काठमाडौ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेका हो ।
प्रकाशित मिति:- 2014-09-11 08:28:03
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
राष्ट्रिय बीमा संस्थाका कम्यूटर अपरेटर बिजयकुमार शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको छ ।
नियुक्ति प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको दाबी गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ –१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदाबीसहित मुद्धा दायर गरेको हो
प्रकाशित मिति:- 2014-09-11 03:19:25
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
दशैंका लागि राष्ट्र बैङ्कले करिव २५ अर्व रुपैंया बराबरका नयाँ नोट वितरण गर्ने भएको छ ।
दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गर्दै केन्द«ीय वैङ्कले आइतबारबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैङ्कका काठमाण्डौं, विराटनगर, जनकपूर, वीरगंज, भैरहवा, पोखरा, नेपालगंज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ ।
प्रकाशित मिति:- 2014-09-11 02:40:20
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
सफ्टेक मेला आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ।
नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी गराउने उदेश्यका साथ सफ्टेक मेला सुरु हुन लागेको हो ।
प्रकाशित मिति:- 2014-09-10 08:49:35
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पुर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतसँगको उर्जा व्यापार सम्झौता (पीटीए) सकारात्मक भए पनि उर्जा विकास सम्झौता पीडीए सम्झौता राष्ट्रको हितमा नभएको बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-08 09:04:05
नेपाल ब्युरो– भदौ२३, काठमाडौ ।
उद्योगमन्त्री कर्ण थापाले थापाले मुलुकमा विकासका लागि राजनीतिक क्रान्ती नभई आथिर्क क्रान्तीको खाँचो भएको औल्याउनुभएको छ ।
उहाँले भक्तपुरको रफत सञ्चार क्लवमा आज बोल्नुहँुदै औद्योगिकरणको विकास बिना आर्थिक क्रान्ती असंम्भव भए पनि नेपालको औद्योगिक क्षेत्र धारासाही अवस्थामा रहेको मन्त्री थापाले बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-07 04:41:44
नेपाल ब्युरो– भदौ २२,काठमाडौ ।
बा्रेइलर कुखुरा पाल्ने किसान अहिले मर्कामा परेका छन् ।
कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका हुन् ।
प्रकाशित मिति:- 2014-09-07 03:36:35
नेपाल ब्युरो– भदौ २२, काठमाडौ ।
स्थानिय बजारमा आज सुनको भाउ केहि बढेको छ ।
साताको पहिलो दिन आईतबार छापावाल सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-07 03:26:08
नेपाल ब्युरो–भदौ २२,काठमाडौ ।
यातायात व्यवसायीको दबाबका आधारमा सरकारले भाडा बढाउन सहमति दिएको छ ।
चाडपर्वको मुखमा सरकारले यातायात भाडा बढाउनका लागि सहमति दिएको हो ।
प्रकाशित मिति:- 2014-09-06 03:09:51
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
सरकारले यसवर्ष पनि दसैं, तिहार र छठसम्मका लागि चामल, चिनी र नूनमा विशेष छुट दिने भएको छ ।
सरकारले चामल, चिनी र नूनमा विशेष छुट दिएर देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएकोे छ ।
प्रकाशित मिति:- 2014-09-05 03:30:39
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
लोडसेडिङको समय भोलदेखि फेरी बढ्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले भोलि शनिवारदेखि लागु हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
प्रकाशित मिति:- 2014-09-04 03:26:44
नेपाल ब्युरो– भदौ १९ ,काठमाडौ ।
स्थानिय बजारमा आज सुनको भाउ केहि बढेको छ ।
आज छापावाल सुन १ सय रुपैयाले बढेर प्रतितोला ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि १ सय रुपैयाले नै बढेर प्रतितोला ५२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-04 03:10:45
नेपाल ब्युरो– भदौ १९, काठमाडौ ।
ग्यास उत्पादक र पेट्रोलियम ढुवानी व्यवसायीहरुले दसैं नजिकिदै गर्दा उपभोक्तालाई दुःख दिने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
व्यवसायीहरुले आफुले गरेको माग पुरा नगरेको भन्दै हिजो पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन ।
प्रकाशित मिति:- 2014-09-03 03:47:06
नेपाल ब्युरो– भदौ १८, काठमाडौ ।
ग्यास उद्योगीले चाडपर्व नजिकिदै गर्दा आयल निगमले ग्यासमा दिएको कोटा नै आपूर्ति गर्न नसकिरहेका बेला बढाउनुपर्ने माग राख्दै कृत्रिम अभाव सिर्जना गरेका छन् ।
बजारको मागअनुसार आपूर्ती गर्न गाह्रो भएको भन्दै एलपी ग्यास संघले कोटा बढाउन माग गरेको हो ।
प्रकाशित मिति:- 2014-09-03 03:13:24
नेपाल ब्युरो–भदौ १८, काठमाडौ ।
नेपाल अटोमोबाईल्स डिलर्स एसोसिएशनको आयोजनामा आजदेखि नवौं संस्करणको नाडा अटो शो शुरु हुँदै छ ।
नवौं संस्करणको नाडा अटो शो नेपालमा रहेका सबै किसिमका सवारीको जानकारी एकैथलोमा उपलब्ध गराउने उद्धेश्यले राजधानीको भृकुटीमण्डपमा मेला आयोजना गर्न