टोक्यो,जापान।
पहिचान सहितको संघियता, संघीयता सहितको नयां संबिधानको मागलाई लिएर आन्दोलनरत अधिकारवादी नेता पद्मरत्न तुलाधरको नेतृत्वमा रहेको 'आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’लाई सहयोगार्थ जापानमा आर्थिक सहयोग संकलन कार्य तिब्र पारिने भएको छ।
आज टोक्योमा बसेको नेपाल आदिबासी जनजाति महासंघ,जापानको
बृहत भेलाले आर्थिक संकलनको लागि महासंघका सह-अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा
आर्थिक संकलन समिति गठन गरेको छ।समितिमा जापानका रहेका एकल जातिय संगठनका
अध्यक्षहरुलाई सदस्यमा चयन गरेको जानकारी दिएको छ।
आजै बृहत छलफलमा सहभागीहरुबाट आन्दोलनको लागि ५० हजार
जापानी ऐन संकलन गरिएको छ।‘धर्म निरापेक्षताको ग्यारेन्टि, पहिचान सहितको संघियता
र संघियता सहितको नयां संबिधानको लागि मुलुकमा आन्दोलनमा सहभागी
आदिबासि,जनजातिहरुलाई नैतिक समर्थन जनाउनको लागि आर्थिक संकलन अभियान शुरु गरिएको
बताउदै संयोजक पासाङ शेर्पाले पहिचान,संघियता, धर्म निरापेक्षता र नयां संबिधान
चाहने जापानबासी सम्पुर्ण नेपालीहरुलाई आर्थिक सहयोग गर्न सार्बजानिक अव्हान गरेका
छन।
भेलालाई संबोधन गर्दै महासंघका पुर्ब अध्यक्ष ओम गुरुङले
आधिकारको सुनिश्चितताको लागि आवाज उठाउने अहिले सहि समय भएको बताए।राजनितिक
पार्टी, सरकार र संबिधान शभाका सभासदहरुलाई ब्यापक दबाव दिएर पहिचान सहितको
संघियता र धर्म निरापेक्षता सुनिश्चित गर्न नसकेमा आदिबासी, जनजातिहरु मौलिक
अधिकार पाउनबाट दशौं बर्ष पछि धकेलिने बताए।
भेलामा महासंघका पुर्ब महासचिब डा.दिनेश मानन्धर,तामाङ समाज,जापानका पुर्ब अध्यक्ष रेख ब्लोन तामाङ,तमु धिंका अध्यक्ष भिम गुरुङ लगायतले बिचार राखेका थिए। महासंघ,जापानका अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा भेला सम्पन्न भएको थियो।
बृहत ल्होछार,बुद्द जयन्ति र आदिबासी दिवश मनाउने
आजै भएको भेलाले आदिबासी जनजाति महासंघ,जापानले बृहत
ल्होछार,बुद्द जयन्ति र आदिबासी दिवश मनाउने पनि निर्णय गरेको छ।बृहत ल्होछार
कार्यक्रमको लागि महासंघका पुर्ब अध्यक्ष ओम गुरुङ, बिश्व आदिबासी दिवशको लागि
डा.दिनेश मानन्धर र बुद्द जयन्तिका लागि पेम्बा लामाको संयोजकत्वमा बेग्ला बेग्लै
समिति बनाएको जानकारी दिएको छ।