कुमारीको उज्यालो अन्धकार सार्वजनिक
Admin / 2014-05-14 09:08:11
नेपाल व्युरो–वैशाख ३१,काठमाडौं । कुमारी लामाद्धारा लिखित पुस्तक उज्यालो अन्धकारको बुधवार सार्वजनिकीकरण गरिएको छ ।
काठमाडौँमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुदै प्रध्यापक डाक्टर अभि सुवदीले उक्त पुस्तकमा व्यक्तिको चित्रण सुन्दर किसिमले गरेको बताउनुभयो ।
उहाँले आफूले कुमारी लामाको लेखनमा पारिजातको जस्तो शैली पाएको बताउँनुभयो ।
डा .सुवेदीले जीवनसँग समाहित कुराहरु सो पुस्तकमा रहेको बताउँदै त्यसले लेखिका लामाको निबन्ध अझ ओझिलो बनाएको बताउँनुभयो ।
कार्यक्रममा युवा समालोचक महेश पौडेलले उक्त निबन्ध बौद्धिकताको पक्षबाट पनि निकै गहन रहेको बताउँनुभयो ।
समालोचक पौडेलले सो निबन्धमा जीवन भोगाइका पिडाका कुराहरु बढि पाइने बताउनुभयो ।
उहाँले निबन्धमा पात्रहरु चलायमायन रहेकोले अझ जीवन्त भएको पाइएको समेत बताउनुभयो ।
प्रकाशित मिति: 2014-05-14 09:08:11
प्रतिक्रिया: