वाइवाइ अण्डर–१९ राष्ट्रिय प्रतियोगिता सर्यो
Admin / 2014-09-15 03:57:18
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ ।
वाइवाइ अण्डर–१९ राष्ट्रिय प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले केहि दिनपछि सारेको छ ।
आज सोमबारबाट हुने भनिएको उक्त प्रतियोगीता लगातारको वर्षाका कारण क्यानले केहि दिन पर सारेको हो ।
निर्धारित तालिकाअनुसार सोमबार भक्तपुरमा हुने भनिएको वीरगन्ज र धनगढी तथा पुल्चोकमा हुने तय भएको बैतडी र विराटनगरबीचका खेल क्रमश असोज २ गते र ५ गते हुनेछन् ।
समूह ‘एु मा काठमाडौं, जनकपुर, पोखरा र भैरहवा तथा समूह ‘बीु मा वीरगन्ज, धनगढी, विराटनगर, बैतडी र नेपालगञ्ज छन् । प्रत्येक समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्ने छन् ।
प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउने छन् । अर्को वर्ष पुरस्कार राशी बढाइने वाइवाइका लालबाबु प्रसाददे बताउनुभयो । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, म्यान अफ द फाइनलले जनही ५ हजार पाउने छन् । फेयर प्ले टोलीलाई पनि ५ हजार प्रदान गरिने भएको छ ।
प्रकाशित मिति: 2014-09-15 03:57:18
प्रतिक्रिया: