चीनबाट अनुदानमा अर्को जहाज ल्याउँने तयारी
Admin
नेपाल ब्युरो–असार २५, काठमाडौँ ।
नेपाल वायु सेवा निगमका लागि चीनबाट अनुदानमा ल्याउने अर्को जहाज वाई ९१२ साउन दोस्रो साता त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।
निगमका महाप्रवन्धक मदन खरेलका अनुसार उताबाट ७ गते नै उड्नेछ । जहाजका लागि निगमका महाप्रवन्धक लगायत उच्च अधिकारी गत १८ गते चीन गएका थिए । निर्माता कम्पनी एभिक इन्टरनेसनलले निगमलाई औपचारिक रुपमा असार २२ गते जहाज हस्तान्तरण गरेको हो ।
जहाज अवतरण भएको १५ दिनपछि उडान गर्ने तालिका बनाइएको खरेलले जानकारी दिनुभयो ।
काठमाडौंलाई आधार बनाएर पश्चिमी क्षेत्रमा यो जहाजद्धारा सेवा दिइने र यसका लागि उडान संचालन अनुमति एओसी पनि १५ दिनको अवधिमा आउने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: 2014-07-09 03:31:21
प्रतिक्रिया: