नेपाल प्रहरीमा डिआइजीलाई एआईजीमा बढुवा गर्ने बाटो खुल्यो
Admin
नेपाल ब्युरो–असार ४, काठमाण्डौं ।
नेपाल प्रहरीमा डिआइजीलाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।
बढुवा कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश पुनरावेदन अदालत पाटनका न्यायाधीश द्धारीकामान जोशी र डम्बर शाहीको संयुक्त ईजलाशले खारेज गरेपछि बढुवाको बाटो खुलेको हो ।
एआइजी बन्ने सिफारिसमा नपरेका डिआईजीले अन्याय भएको भन्दै रिट दायर गरेपछि अदालतले यसअघि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सिफारिस कार्यान्वयन रोकिएको थियो ।
गृहसचिव सूर्य सिलवाल नेतृत्वको सिफारिस समितिले राजेन्द्र बहादुरसिंह, विज्ञानराज शर्मा, सुरेन्द्र बहादुर शाह, वीरेन्द्र बहादुर श्रेष्ठ, रमेशशेखर बज्रचार्य, प्रतापसिंह थापा र केदार साउदलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति: 2014-06-18 03:55:16
प्रतिक्रिया: