संविधान जारी नभए मुलुक ठुलो दुर्घटनामा जान्छ : दाहाल -
Admin
नेपाल ब्युरो–असार ३,काठमाडौ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमै संविधान जारी हुने बताउनुभएको छ ।
संविधान जारी नभए मुलुक ठुलो दुर्घटनामा जाने भन्दै दाहालले एक वर्षभित्र सबैलाई मान्य हुने संविधान जारी हुने बताउनुभयो । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले शासकीय स्वरुप र राज्यको पुनसंर्रचनाको विषयमा दलहरुबीच मतभिन्नता रहेपनि सबैलाई मान्य हुने गरी हल निकालिने उल्लेख गर्नुभयो ।
संविधानसभाले मात्रै सबै विषयको निकास निकाल्न नसकिने भएकाले राजनीतिक सहमतिको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । आफ्नो दलभित्र कुनै किसिमको विवाद नभएको भन्दै उहाँले सानो कुरालाई विपक्षीले ठुलो प्रचार गरेको दावी गर्नुभयो ।
प्रकाशित मिति: 2014-06-17 08:25:50
प्रतिक्रिया: