प्रधानमन्त्री कोइराला चिन प्रस्थान -
Admin
नेपाल ब्युरो –जेठ २२, काठमाडौँ ।
प्रधानमन्त्री सुशील कोइराला आज चीन प्रस्थान गर्नुभएको छ । ३३ सदस्यीय टोलीको नेतृत्व गर्दै कोइराला चीन जानुभएको हो ।
दक्षिण एसिया व्यापार मेलाको उद्घाटन समारोहमा सहभागी हुन विशिष्ट अतिथिका रुपमा उहाँ चिन जानुभएको हो । दक्षिण एसिया र दक्षिण पूर्व एसियाका नेताहरू सहभागी हुने उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रमुख प्रतिपक्षि दल एकिकृत माओवादीका नेता पोस्टबहादुर बोगटीसहित रहेका छन् ।
टोलीमा रहने सदस्यहरुमा राष्ट्रपतिका छोरा सभासद चन्द्रमोहन यादव, रामजनम चौधरी, सीपी मैनाली, अभिषेकप्रताप साह, रुक्मणी चौधरी, हरिचरण साह लगायत छन् ।
काठमाडौंबाट जाने ३३ सदस्यीय टोलीमा ३ जना बेइजिङबाट थपिनेछन् भने एक्स्पोमै भाग लिन आपुर्तिमन्त्री सुनिल थापासहितको ३ सदस्यीय टोली बुधबार नै प्रस्थान गरिसकेको छ ।
प्रकाशित मिति: 2014-06-05 02:32:35
प्रतिक्रिया: