टोकियो,जापान ।
नागोयामा फेरि एक जना नेपालीको मृत्यु भएको छ। आत्महत्या गर्न झुण्डिएका मन
बहादुर न्यौपाने (राजु)को उपचारको क्रममा मृत्यु भएको छ। बाग्लुङ गल्कोट हटिया ७, खरुवा घर भएका ३१ बर्षिय न्यौपानेको
आज राति करिब ३ बजे मृत्यु भएको हो।
गत अगस्ट ५ मा नागोयाको किता नगर
स्थित आजिमामा उनको आफन्त बस्ने घरको पहिलो तल्लाको रेलिङमा झुन्डिएर आत्महत्या
गर्न झुन्डिएको अवस्थामा देखेर जापानी नागरिकले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका
थिए।उनको नागोया शिक्षण अस्पतालमा उपचार भैरहेको थियो।
उनी १७ महिना पहिले कुक भिसामा
जापान आएका थिए।उनका श्रीमती र ४ जना छोराछोरी रहेका छन ।
अहिले अन्त्येस्टी प्रक्रियाको लागि नागोयामा रहेका नेपालीहरु अस्पतालमा
जम्मा भैरहेका छन। उपचारको क्रममा अत्याधिक रकम खर्च भएको र परिवारको आर्थिक
अबस्था नाजुक भएको हुदा जापानबासी नेपालीलाई सहयोगको लागि परिवारले अपिल गरेको छ ।
जापानमा बढ्दो नेपालीको संख्या
संगै आत्महत्या गर्ने नेपालीको सख्न्या पछिल्लो दिनहरुमा बढ्दै गएको छ।