नेपाल समाचार

संविधान जारी गरेपछि प्रधानमन्त्री र राष्ट्रपति दुवैले पद छोड्ने घोषणा


Admin / 2014-08-21 02:44:46


काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गते संविधान जारी गरेपछि आफू र राष्ट्रपति डा. रामवरण यादव दुवैले पद छोड्ने घोषणा गरेका छन्। सत्ता साझेदार एमालेले राष्ट्रपति संसद्बाट अनुमोदित हुनुपर्ने अडान राख्दै आएका बेला कोइरालाले संविधान जारी नभएसम्म त्यता लाग्न नहुने भन्दै यस्तो घोषणा गरेका हुन्।

'माघ ८ गते संविधान जारी भएपछि राष्ट्रपतिले पनि पद छोड्नुहुन्छ, म पनि बसिरहन्‍न, छोडिहाल्छु', प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिने क्रममा कोइरालाले भने, 'अहिले राष्ट्रपतिको अनुमोदन गर्ने भनेर बखेडा झिक्न हुँदैन।'

प्रधानमन्त्री कोइरालाले सत्ता साझेदार र विपक्षी दलबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाले अनुमोदन गर्नुपर्ने आवाज आएपनि अहिलेको अवस्थामा एउटा मर्यादित संस्थालाई त्यसतर्फ लैजान नहुने बताए। 'राष्ट्रपति व्यक्ति होइन, संस्था हो', उनले भने, 'यो संस्थालाई विवादमा नपारौं।' उनले संस्थागत हुँदै गएको निकायलाई अनुमोदन गर्ने-नगर्ने भनेर विवादमा तान्‍न नहुने पनि बताए।

सात महिनाअघि कोइराला नेतृत्वमा सरकार गठन हुने बेलामा कांग्रेस र एमालेबीच भएको सातबँुदे सहमतिमा संविधान जारी नभएसम्मका लागि संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्ने उल्लेख छ। उक्त सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गर्दै आएको छ।

एमालेले औपचारिक निर्णय र दस्ताबेजमा राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन उठाउने गरे पनि त्यसलाई कार्यान्वयन गर्न दबाब भने दिएको छैन। अघिल्लो साता सम्पन्न एमाले केन्द्रीय समिति बैठकले सरकार निर्माणका क्रममा भएको सातबुँदे सहमति कार्यान्वयनका लागि कांग्रेससँग गम्भीरतापूर्वक छलफल गर्ने निर्णय भने गरेको छ।

विभिन्न मन्त्रालय र सरकारी निकायको प्रशासनिक नेतृत्वमा रहेका तीन दर्जन सचिवलाई निर्देशन दिँदै कोइरालाले सरकारको पहिलो प्राथमिकता भ्रष्टचारमा शून्य सहनशीलता भएको बताए। 'मेरो प्राथमिकता भ्रष्टचारमा शून्य सहनशीलता हो', उनले भने, 'त्यसलाई अक्षरस: पालन गर्नुस्।'

कोइरालाले विधि र विधानअनुसार अनुशासित भएर काम गर्न र आफ्ना मन्त्रीले भने पनि गलत काम नगर्न सचिवहरूलाई निर्देशन दिए। 'अनुशासित भएर लाग्नुस्, गलत काम मन्त्रीले भने पनि, मैले भने पनि नगर्नुस्', उनले भने।

प्रधानमन्त्री कोइरालाले राम्रो काम गर्दा मन्त्री वा अन्य कुनै निकाय र व्यक्तिबाट दबाब आए सीधै आफूलाई जानकारी गराउन पनि सचिवहरूलाई आग्रह गरे। उनले भने, 'तपाईंहरूले राम्रो काम गर्नुस्, त्यसमा अप्ठ्यारो परे सीधै मलाई भन्नुस्, म सहयोग गर्न तयार छु।'

निकै आक्रामक मुद्रामा देखिएका प्रधानमन्त्रीले एमाले मन्त्रीहरूले मनमोजी ढंगले मन्त्रालय चलाउनु गठबन्धन विपरीत भएकाले त्यसबारे कुरा उठाउन आफ्ना पार्टीका मन्त्रीलाई आग्रह पनि गरे।

प्रकाशित मिति: 2014-08-21 02:44:46
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing