एमाले केन्द्रिय राहत कोषमा दुई दिनमै ५२ लाख भन्दा बढी जम्मा
Admin / 2014-08-19 08:47:22
नेपाल ब्युरो– भदौ ३, काठमडौ ।
नेकपा एमालेले बाढीपहिरो पिडितलाई सहयोगका लागी गठित एमाले राहत कोषमा ५२ लाख भन्दा बढी जम्मा भएको छ ।
राहत कोषमा दुई दिनमै उक्त रकम जम्मा भएको हो ।
प्राकृतिक विपत्तिमा परेका जनताको राहतका लागि सो कोष खडा गरेका हो ।
केन्द्रिय कमिटी सदस्यहरुबाट २५ लाख उठेको भोलिपल्टै एमालेका जनवर्गीय संगठनहरुले राहत कोषमा थप २६ लाखभन्दा बढी बुझाएका छन् । केन्द्रिय सदस्यहरुले सात हजारका दरले यसअघि नै कोषमा रकम जम्मा गरिसकेका छन् । महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित केन्द्रिय प्राकृतिक विपत्ति राहत कोषमा आज २६ लाख १० हजार जम्मा भएको एमालेले जनाएको छ ।
कोषमा सबैभन्दा बढी पेशागत महासंघ नेपालले १० लाख रुपैयाँ योगदान गरेको छ । महासंघमा एमाले सम्वद्ध सरकारी कर्मचारी, पेशाकर्मी र बुद्धिजीवीहरु आवद्ध छन् । उनीहरुले कम्तिमा दुई दिनको तलब योगदान गरेको एमाले स्रोतले जनाएको छ ।
त्यस्तै एमाले सम्वद्ध कानुन व्यवसायीहरुले ३ लाख, गृहमन्त्री वामदेव गौतम नेतृत्वको अखिल नेपाल किसान महासंघले २ लाख, उद्यमी व्यवसायी महासंघले २ लाख र अनेरास्ववियुले २ लाख योगदान गरेको एमालेले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-19 08:47:22
प्रतिक्रिया: