हिम पहिरोमा परि मृत्यु भएकाहरुको परिवारलाई सहयोग हस्तान्तरण
Admin / 2014-08-12 10:03:05
काठमाडौँ, साउन २७ । सगरमाथा हिम पहिरोमा परि मृत्यु भएका १६ जनाका आफन्तलाई आज शेर्पा गुम्बा बौद्धमा एक विशेष कार्यक्रमका साथमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
शेर्पा गुम्बाको पहलमा यु.एस.ए शेर्पा किदुक अमेरिकाले सो सहयोग रकम मृतको आफन्तलाई दिनका लागि पठाएको हो । प्रत्येक मृतका आफन्तलाई ९१ हजार सहयोग प्रदान गरेको छ ।
शेर्पा गुम्बामा जारी रहेको प्रबचन कार्यक्रममा खेम्पो ङवाङ लुडुपद्धारा सो सहयोग प्रदान गरेको थियो ।
यस कार्यक्रममा बोल्दै शेर्पा गुम्बाका अध्यक्ष क्याप्टेन आङ देण्डी शेर्पाले यु.एस.ए शेर्पा किदुक अमेरिकाले १६ जना मृतकका आफन्त लगायत सोलुखुम्बुका मृगौला पिडित निमा शेर्पाको अभिवावकलाई सहयोग स्वारुप रु २ लाख ३० हजार २७० प्रदान गर्नै शेर्पाले बताए शेर्पाले मृगौला पिडित शेर्पाको मृत्यु भए पनि परिवारलाई सहयोगका लागि यो रकम हस्तान्तरण गरेको बताए । त्यसैगरि सगरमाथामा घाइते भई चट्याङ लागि मृत्यु भएका सोलुखुम्बु टाक्सिन्दुका छेवाङ शेर्पाको परिवारलाई रु २ लाख सहयोग रकम किदुकले पठाएको बताए भने सगरमाथामा घाइते भएकालाइ पनि सहयोग गर्नै बताए । शेर्पाले यु.एस.ए शेर्पा किदुकलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको छ ।
कार्यक्रममा, १६ जना मध्ये १२ जनाको आफान्तहरुलाई सहयोग रकम प्रदान गरेको थियो भने ४ जनाको आफन्तहरुलाई र सोलुखुम्बुका मृगौला पिडित निमा शेर्पाको अभिवावकलाई यो सहयोग रकम पछि प्रादन गरिने शेर्पा गुन्पाको अध्यक्षले जनाएको छ । कार्यक्रममा चट्याङ लागी मृत्यु भएको टासिन्दुका छेवाङ शेर्पाको परिवारलाई पनि सहयोग गरेको थियो । टासिन्दुका छेवाङ शेर्पा हिम पहिरोबाट बाँचेर आए पनि पछि चट्याङ लागी मृत्यु भएको थियो ।
विक्रम संवत २०७१ साल बैशाख ५ गते शुक्रबार सगरमाथामा आधारशिविरमा हिम पहिरो गएको थियो । उतm हिम पहिरोमा परि १३ जना शेर्पा सहित १६ जनाले ज्यान गुमाएको थियो ।
प्रकाशित मिति: 2014-08-12 10:03:05
प्रतिक्रिया: