संखुवासभाको स्याबुनमा पहिरोले पुरेर ५ जनाको मृत्यु
Admin / 2014-08-04 04:13:24
संखुवासभाको स्याबुन ३ फच्याङमा सोमबार बिहान पहिरोले पुरेर ५ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन्।बिहान करिब ३ बजे झरेको पहिरोले तीनवटा घर पुरेको प्रहरीले जनाएको छ।पहिरोले पुरिएका मध्ये ५ जनाको शव निकालिसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
पहिरोले चिङ्खुवा निम्नमाध्यमिक विद्यालयका प्रधानध्यापक पूर्ण कोइरालाको सहित ३ घर पुरेको थियो।
पहिरोमा परि कृतिमान कोइराला, पत्नी देवीमाया कोइराला र छोरी तुलसा तथा मेहरमान कोइराला र उनका छोरा प्रज्वलको शव फेला परेको बिहीबारे प्रहरीका असइ इश्वर कार्कीले बताए।
पहिरोमा परी बेपत्ता प्रअ कोइराला, उनकी पत्नी सम्झना, बुवा इन्द्रबहादुर, छोराहरु रतनको अवस्था अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
पहिरोमा परेका अन्यलार्इ पनि जीवितै उद्दार गर्न सकिने अवस्था कम रहेको कार्कीले बताए। घटनास्थलमा बिहीबारे प्रहरी चौकी र स्थानीयबासीले उद्धार गरिरहेका छन्।
प्रकाशित मिति: 2014-08-04 04:13:24
प्रतिक्रिया: