जापान समाचार

ओईतामा उपचाररत संजितलाई सहयोग गर्न अपील


मितेरीजापान डट कम / 2014-08-01 03:07:52


ओईता,जापान।
समु्द्रमा डुबेर गम्भिर बिरामी भएका नेपाली बिद्यार्थी संजित  ढकालको उपचारमा सहयोगको लागि जापानबासी नेपालीहरुमा अपिल गरेको छ। ढकालको उपचारमा सहयोग गर्नको लागि निर्माण गरिएको "संजित ढकाल बचाउ अभियान"ले आज एक निज्ञप्ति प्रकाशित गरि सो अव्हान गरेको हो।अभियानको संयोजकमा संचारकर्मी नबिन निउरे रहेका छन।
समुद्रको किनारमा पौडी खेल्ने क्रममा डुबेका ढकाललाई तत्कालै एअर एम्बुलेन्सको सहायताले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आईसियुमा राखिएका ढकालको स्थिति नाजुक रहेको बताईएको छ। अस्पताल ब्यबस्थापनले स्वस्थस्थितिको बिस्तृत बिवरण परिवारका सदस्यलाई मात्र बताउने भनेपछि परिवार सदस्यको जापान आउने भिषाको  ढकाल अध्ययनरत कलेजले प्रकृया शुरु गरिसकेको बिज्ञप्तिमा जनाईएको छ।
बिरामी ढकाल ४ महिनादेखि क्युसु क्षेत्र अन्र्तगत ओइता केन स्थित निप्पोन बुन्री युनिभरसिटीमा भाषा अध्ययनरत थिए ।

अभियानले अस्पतालको आइसियुमा उपचाररत ढकालको घाउमा मल्हमपट्टी लगाउन र उपचारमा सक्दो सहयोग गर्न आर्थिक सहयोग गर्न सबैमा अपील गरेको हो ।

अभियानले सहयोग गर्न चाहनेहरुका लागि जापान पोष्टको एकाउन्ट नम्बर १०५७०–२३९२०४२१ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ

अपीलको पूर्णपाठ :

सम्पूर्ण जापानवासी नेपालीहरुमा अपील,

नेपालको राजनीतिक दुरावस्थाका कारण युवाहरु धमाधम बिदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भइरहेको छ । यसै सिलसिलामा गोरखा घर भएका संजित ढकाल ४ महिना देखि क्युसु क्षेत्र अन्तर्गत ओइता केन स्थित ल्ष्उउयल दगलचथ गलष्खभचकष्तथ मा भाषा अध्ययन गर्दै आएका थिए ।

पाँचदिन अघि ढकाल समुद्री किनारमा पौडी खेल्ने क्रममा डुब्न पुगेपछि तत्कालै आकस्मिक एअर एम्बुलेन्सको सहायताले उद्वार गरी अस्पताल पु¥याएको सबैलाई अवगत भईसकेको छ ।

हाल उपचाररत रहेका ढकालको अवस्थान नाजुक रहेको डाक्टरहरुले बताएका छन् । परिवारका सदस्य जापान नआई सम्पूर्ण जानकारी नदिने बताएपछि ढकाल अध्ययन गर्दै आएको कलेजले भिषा प्रक्रिया मिलाई दिएको हुदा केही दिन भित्र जापान आईपुग्ने गरी प्रक्रिया अघि बढाईएको छ ।

अस्पतालको आईसियुमा उपचाररत ढकालको घाउमा मल्हमपट्टी लगाउन सम्पूर्ण जापानबासी नेपालीहरुमा अपील गर्दछौं । विगतमा पनि यहाँहरुले यस्ता थुप्रै कार्यहरुमा तदारुकताका साथ आफूलाई प्रस्तुत गर्नुभएको थियो ।

प्रवासी नेपालीहरु मनकारी हुनुहुन्छ र विगतमा सामाजिक क्षेत्रमा यहाँहरुले देखाउनु भएको तदारुकता फेरि एकपटक प्रस्तुत गर्नुहुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं ।

हरेक नेपालीलाई पर्ने समस्या सामूहिक ढंगले हल गरौं भन्ने अभिप्रायले हामीले ‘संजित बचाउ अभियान’ घोषणा गरेका छौं । उक्त अभियानमा यहाँहरु संक्रिय रुपमा सहभागी भई उनको जीवन रक्षाका लागि हृदयदेखि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

संयोजक
नविन निउरे
संजित बचाउ अभियान

सम्पर्क नं.080-4145-9955

सदस्यहरु

हर्क थापा

टंक गैरे

स्मृति आचार्य

भवानी पन्त

जोन छन्त्याल

समर बस्नेत

पुस्करजंग थापा

सर्मेन्द्र पिसी

रविन्द्र श्रेष्ठ

मदन गैरे

मिलन बस्नेत


प्रकाशित मिति: 2014-08-01 03:07:52
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing