पुबुदुको करार अवधि एक वर्ष थप
Admin / 2014-07-18 04:30:42
नेपाल ब्युरो–साउन २,काठमाडौँ ।
सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप गरेको छ ।
मन्त्रिपरिषदको आज विहान बसेको बैठकले प्रशिक्षक पुबुदुको करार अबधि एक वर्ष थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
यसअघि नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभावको कारण देखाउँदै प्रशिक्षक पुबुदुको करार अवधि नथप्ने निर्णय गरेको थियो । पुबुदुको कार्यकाल थप नगर्ने क्यानको निर्णयको सवत्र विरोध भएको थियो भने कप्तान पारस खड्काले आफू राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएका थिए ।
त्यसलगत्तै खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्यानले नसके सरकारले एक वर्षका लागि मासिक तलब उपलब्ध गराउने गरी प्रशिक्षकलाई नेपाल बोलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रकाशित मिति: 2014-07-18 04:30:42
प्रतिक्रिया: