जापान समाचार

सामाजिक रुपान्तरणमा डायस्पोराको भूमिका महत्वपूर्ण - डा. प्याकुरेल


Admin / 2014-07-16 20:00:24


टोक्यो - काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. उद्धव प्याकुरलले समाज परिवर्तनमा डायस्पोरामा बस्ने नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन । उहाँले तुलनात्मकरुपमा मुलुकबाहिर बस्ने नेपालीहरुको आवाज सुनुवाई पनि हुने धारणा ब्यक्त गरेका थिए। टोक्योमा आयोजित एक अन्तर्क्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै समाजशाष्त्री डा. प्याकुरेलले कृषिप्रधान देश भनेर चिनिने मुलुक अब रेमिट्यान्स प्रधानतर्फ उन्मुख भईरहेकोमा चिन्ता पनि ब्यक्त गरेका छन। मुलुकभित्रै आकर्षक रोजगारीका अवसरहरु नहुँदा दैनिक २ हजार भन्दा बढि नेपाली युवाहरु बिदेश गईरहेको अवस्थामा राजनैतिक दल र तिनका नेताहरुले भने राजनैतिक संक्रमणकालको नाममा नेपाली समाजको रुपान्तरणमा बाधा पुरयाईरहेको बिचार ब्यक्त गरेका छन। उहाँले भावावेशमा नेपाललाई नेताहरुले कहिले सिंगापुर त कहिले स्वीट्जरल्याण्ड बनाईदिने बताउने गरेको र देश बिकास जस्तो संबेदनशील मामलालाई नेताहरुले हसिंमजाकको बिषय बनाईन नहुनेमा उहाँहरुले जोड दिए। एक अर्को प्रसंगमा डा. प्याकुरेलले सन् २०११ मा जम्मा ३ प्रतिशत नेपाली जनताले राज्यलाई कर तिरेको उदाहरण पेश गर्दै राज्यले जनतामाथि र जनताले राज्यमाथि इमान्दारितापूर्वक आर्थिक अनुशासन पालना गर्न नसकेको धारणा ब्यक्त गरेका छन । 'यदि राज्यलाई एक पैसा पनि कर तिर्दैन भने देशमा जति अरवपति उद्यमीहरु भए पनि मुलुकको समृद्धिमा त्यसले खासै अर्थ राख्दैन र त्यसमा गर्व गर्नु आवश्यक छैन - डा. प्याकुरेलले अगाडि भन्दै - अर्कोतिर देशमा जुनसुकै सरकार आए पनि ६० प्रतिशतभन्दा बजेट खर्च गर्न नसक्नु अर्को बिडम्बनाको कुरा हो । यसो हुनुको मुल कारण मुलुकले शक्ति सम्पन्न स्थायी सरकार पाउन नसक्नु र यो वा त्यो बहानामा संक्रमणकालिन अवस्था लम्बिदै जानु हो । यसो हुँदा नेपाली समाजको अपेक्षित रुपान्तरणमा प्रत्यक्ष असर परेको छ ।

करिव ६ हजारभन्दा बढि समाजशाष्त्रीहरुको बिश्व सम्मेलनमा भाग लिन जापान आएका विज्ञ प्राध्यापकहरुसंग आज नेपाली समुदायले टोक्योमा अन्तर्क्रियात्मक भेटघाट गरेको हो । मुलुकको तरल राजनैतिक अवस्था, नेपाली समाजको रुपान्तरणमा संक्रमण कालको असर लगायतका बिषयमा गरिएको उक्त अन्तर्क्रियामा बोल्दै अमेरिकाको साउथर्न उताह युनिभर्सिटीकी सहप्राध्यापक डा. शोभा हमाल गुरुङले पछिल्लो दशकमा नेपाली समाज परिवर्तनको सन्दर्भमा महिलाहरु पनि पहिलेभन्दा धेरै जागरुक, गतिशील र शसक्त भएर अगाडि आएको धारणा ब्यक्त गरेका छन । यद्यपि आर्थिक गतिबिधि र नीति निर्माण लगायतका निर्णयक तहमा भने नेपाली नारीहरुको अझै पहुँच पुग्न नसकेको बिचार ब्यक्त गरेका थिए। एक अर्को फरक प्रसंगमा उहाँले डायस्पोरामा रहेका नेपाली नारीहरुले पनि कुनै न कुनै बिश्वब्यापी नेर्टवर्क वा सञ्जालमा आबद्ध भएर नेपालका गरिव, असहाय र पिछडावर्गको उत्थानमा सहयोग गर्दै आईरहेको जानकारी गराए। उहाँले अगाडि भन्नुभयो - अब बिश्वभरिकै नेपाली नारीहरु एउटै अभियानमा जुटेर नेपाली समाजको परिवर्तनमा नारी भूमिकालाई थप शसक्त बनाउनु परेको छ ।

तस्बिर साभार समुद्रपारी डट कम 

कार्यक्रममा टोक्यो विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका दिपेश खरेलले आफ़्नो अध्ययनसंग सम्बन्धित बिषय जापानमा नेपालीहरुको माइग्रेशनको स्थिति र सामाजिक रुपान्तरणमा यसले पारेको प्रभाव बारे आफ़्नो अनुभव सुनाए । बिशेषगरी गएको दशकयता गाउँघरका युवाहरु बिदेशिंदा उनीहरुमा आश्रित परिवार सदरमुकाम वा नजिकको पायक पर्ने सहरतिर बसाई सर्ने र उनीहरुका बालबच्चा पनि त्यतै पढाउने सँस्कारको बिकास भएको र जसले गर्दा गाउँघर झण्डै खाली खाली हुन पुगेको, कतिपय ठाउँमा त गाउँको नामै खालीगाउँ राखिएको आफ़्नो रमाईलो अनुभव पनि सुनाएका थिए। कार्यक्रममा सहभागीहरुले विज्ञहरुको विद्वतासंग सम्बन्धित बिभिन्न जिज्ञासाहरु राखेका थिए भने प्राध्यापकद्वयले उनीहरुको जिज्ञासा मेटाउने प्रयास गरेका थिए ।

अन्तर्क्रियामा प्राध्यापकद्वयले मुलुकको सामाजिक रुपान्तरणका लागि डायस्पोरामा रहेका नेपालीहरुले राज्यका सरोकारवाला निकाय तथा पदाधिकारी, राजनैतिक दल र तिनका नेताहरुलाई निरन्तर खबरदारी गर्न जरुरी रहेको र आवश्यक परेमा दबाब सिर्जना गरिनुपर्नेमा जोड दिएका थिए । मुलुकभित्रै अनुकुल वातावरणको निर्माण गर्नमा डायस्पोराबाट पनि अहम भूमिका खेल्नुपर्ने, स्वदेशमै फर्केर मुलुक निर्माणको साझा अभियानमा लाग्नेतर्फ सोचिनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । यसैगरी सहभागीहरुले देशका विद्वतवर्ग परिआउँदा बोल्न सक्नुपर्ने, राजनैतिक दल तथा तिनका नेताहरुलाई आवश्यक सुझाव तथा प्रतिक्रिया दिन सक्नुपर्ने, आवश्यक परे दबाब समुह निर्माण गरी उनीहरुलाई सजग र सचेत बनाईनुपर्ने, मुलुकको बर्बादी हेरेर मौन बस्न नमिल्ने जस्ता धारणा राखेका थिए । डास्पोरामा रहेका विद्वतालाई मुलुकको बिकास निर्माणमा उपयोग गर्न ठोस पहल थालिनुपर्ने जस्ता सुझावसहितको धारणा उनीहरुले राखेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा भएको थियो । अनौपचारिक कार्यक्रमको प्रारम्भमा शाखाका अध्यक्ष तिलक मल्लले उपस्थित अतिथि एवं सहभागीहरुलाई स्वागत गर्दै बिषय प्रवेश गराएका थिए भने अन्तमा धन्यबाद ज्ञापनसहित समापन गरेका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफर क. लि. जापानका अध्यक्ष महेशकुमार श्रेष्ठले कार्यक्रमबारे समीक्षा गर्दै ठोस बिषयहरुमा विज्ञहसंग गरिने यस प्रकारका कार्यक्रमले डायस्पोरा र मुलुकलाई नजिक्याउने बिचार ब्यक्त गर्दै छलफल र बहसबाट निस्केका राम्रा कुराहरु नीति तथा योजना निर्माणमा उपयोगीसिद्ध हुने बिचार ब्यक्त गरेका थिए।

प्रकाशित मिति: 2014-07-16 20:00:24
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing