आज टोकियोमा विज्ञहरुसंग अन्तर्क्रियात्मक कार्यक्रम हुँदै
Admin / 2014-07-15 22:25:32
टोकियो - आज टोकियोमा राजनीति शाष्त्रका विज्ञहरुसंग एक अन्तर्क्रियात्मक भेटघाट कार्यक्रम हुने भएको छ ।
हाल जापानमा रहेका काठमाडौं विश्वविद्यालयका राजनीतिशाष्त्री सहप्राध्यापक डा. उद्धव प्याकुरेल, विश्वभाषा क्याम्पस काठमाडौंका पूर्व क्याम्पस प्रमुख तथा हाल पद्मकन्या क्याम्पसका सहप्राध्यापक धनप्रसाद पण्डित र अमेरिकामा प्राध्यापनरत प्राध्यापक डा. शोभा गुरुङ (हमाल) संग जापानको नेपाली समुदायले आज टोकियोमा अन्तर्क्रियात्मक भेटघाट कार्यक्रम गर्ने भएको हो ।
आजको कार्यक्रममा जापानको नेपाली समुदायले वर्तमान नेपालको तरल राजनैतिक अवस्था, यसको निकास र भावी दिशालगायतका बिषयमा विज्ञहरुसंग अन्तर्क्रिया गर्ने बताईएको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने उक्त कार्यक्रम टोकियो सिनओकुबोस्थित नेपाली खाजाघरको सभाकक्षमा साँझ ५ बजेदेखि हुने जनाईएको छ ।
समयाभावका कारण आकस्मिक कार्यक्रम तय गर्नुपरेकोले छोटो सूचनाबाट पर्न जाने असुविधाका लागि आयोजकका तर्फबाट अग्रिम क्षमायाचना गर्दै मुलुकको समग्र राजनीति परिस्थिति र समृध्दिप्रति चिन्ता र चासो राख्ने नेपाली समाजका जिम्मेवार तह र पंत्तिमा रहनुभएका सम्बन्धित सबैमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ ।
विभिन्न बिषयका ज्ञाता एवं विद्वतहरुसंग गरिने यस प्रकारको बौध्दिक बहस एवं अन्तर्क्रियाबाट जापानको नेपाली समुदायले पृथक जानाकारी तथा अनुभूति प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: 2014-07-15 22:25:32
प्रतिक्रिया: