रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका ६ नेपाली स्वदेश फिर्ता
Admin / 2014-07-09 05:32:10
नेपाल ब्युरो–असार २५, काठमाडौँ ।
रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका ६ जना नेपाली मंगलबार स्वदेश फर्किएका छन् ।
उनीहरूलाई ओमानको मस्कटस्थित नेपाली दुतावासले उद्धार गरी स्वदेश फिर्ता पठाएको हो । स्वदेश फर्कनेमा रुपन्देहीका बृजमोहन लोध, राम गरेश लोध, भगौती प्रसाद चमार, मोरङका याचक बहादुर मगर, महोत्तरीका पाटीराम ठाकुर र धनुषाका दिनेश महरा रहेका छन्। ।
रोजगारीको खोजीमा ६ महिनाअघि ओमान पुगेका ती नेपाली कामदारले सम्बन्धित कम्पनीबाट तलब नपाएको, खान बस्नको राम्रो प्रबन्ध नभएको, स्वास्थ्य उपचारको व्यवस्था नभएको, राहदानी तथा परिच पत्र पनि नदिएको र आफूहरु जोखिममा परेको भन्दै राजदुतावासलाई उद्धार गरी नेपाल पठाइदिन आग्रह गरेका थिए ।
प्रकाशित मिति: 2014-07-09 05:32:10
प्रतिक्रिया: