संवैधानिक समितिको प्रतिवेदनमाथि संविधानसभामा आज छलफल
Admin / 2014-06-30 03:46:19
नेपाल ब्युरो–असार १६,काठमाडौँ ।
संवैधानिक निकायको संरचना निर्धारण र संवैधानिक समितिको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजेपछि संविधानसभाको भवन नयाँ बानेश्वरमा बोलाइएको छ । तत्कालीन संवैधानिक निकायको संरचना निर्धारण समितिको मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन, २०७१ र तत्कालीन संवैधानिक समितिको मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन, २०७१ माथि छलफल सुरु हुन लागेको हो ।
संविधान अभिलेख अध्ययन तथा निक्र्याैल समितिले दुबै प्रतिबेदन संबिधान सभामा पेश गरेको हो ।
यता संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा राज्यको पुनरसंरचनाका विषयमा अहिले छलफल भइरहेको छ ।
संविधानसभामा सभासदहरुले राखेको भनाई र दलहरुको अडानका आधारमा सहमति खोज्न सम्वाद समितिले छलफल गरेको हो । सिंहदरबारमा जारी बैठकमा राज्यपुनसंर्चनाको भावी संविधानमा राज्यको शासकीय रुवरुपको संरचनाको बारेमा सहमति खोजिने समितिका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।
संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको तर्फबाट संविधानसभामा प्रस्तुत तत्कालीन शासकीय स्वस्वरुप निर्धाराण समितिको प्रतिवेदन सहमतिका लागि समवाद समितिमा आएको छ । प्रधानमन्त्रीको कार्यकाल, प्रधानमन्त्री चयन प्रक्रिया लगायतका विषयमा दलहरुले फरक फरक धारणा राखेका छन् ।
प्रकाशित मिति: 2014-06-30 03:46:19
प्रतिक्रिया: