६ असार, डडेल्धुरा ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु एकल जातीय राज्यको पक्षमा रहेको बताएका छन् ।पार्टीको सेती-महाकाली राज्य स्तरीय प्रशिक्षणका लागि डडेल्धुराका लागि आएका प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा भने-’एकल जातीय राज्यका पक्षमा हामी कहिल्यै छैनौं । हामीले पहिचानसहितको सङ्घीयताको कुरा गरेका हौं ।’
उनले सत्तारुढ कांग्रेस-एमालेले
ठूलो पार्टीको दम्भ देखाउँदै यथास्थितिवादी संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने
बताए । ‘यथास्थितिवादी
संविधान बनाउने कुरामा हाम्रो सहमति हुँदैन’ प्रचण्डले भने-’हामी पहिले पनि प्रगतिशील संविधानका पक्षमा थियौँ र अहिले पनि छौं ।’
उनले नयाँ संविधान बनाउन सबैले लचकता अपनाउनु पर्ने खाँचो उहाँले औँलयाए
।
एमाओवादी अध्यक्ष प्रचण्डले
एमालेका कारण अहिलेसम्म २६ सभासद् मनोनयन हुन नसकेको आरोप लगाए ।