आठौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजदेखि सुरु
Admin / 2014-06-12 04:01:54
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ ।
आठौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजदेखि सुरु हुदैछ ।
महोत्सव इण्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले आयोजना गर्न लागेको हो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु हुने महोत्सवमा १८ देशका ४८ वटा फिल्म देखाइने महोत्सवका निर्देशक सन्जोग लाफा मगरले जानकारी दिनुभएको छ । लाफाका अनुसार नेपालका १२ तथा अन्तर्राष्ट्रिय ३८ वटा फिल्म छनोटमा परेका छन् ।
महोत्सवका लागि २९ देशका १३० फिल्म दर्ता भएको थियो ।
विश्वका आदिवासी सम्वन्धी सबै बिÈयबस्तुका चलचित्र, लधुचलचित्र, वृतचित्र, एनिमेसन चलचित्र, म्युजिक भिडियो प्रर्दशन गरिनेछ । महोत्सवमा जापान, ताइवान, पाकिस्तान, ब्राजिल, अर्जेन्टीना, पेरु, इथोपिया, कंगो, तान्जानिया, अमेरिका, क्यानाडा, ग्वाटेमाला, मेक्सीको, नर्वे लगायत देशहरुका फिल्म रहेका छन् ।
नेपालका विभिन्न २७ जातिका लघुचलचित्र मध्ये मगर, राई, लिम्वु, तमाङ, गुरुङ, थकाली, थारुबाट सात फिल्म तथा ल्याटिन अमेरिकाका सात देशका पन्ध्र फिल्म छानिएका छन् ।
प्रकाशित मिति: 2014-06-12 04:01:54
प्रतिक्रिया: