नेपाल ब्युरो–जेठ २८,एजेन्सी ।
फिफा अध्यक्ष सेप ब्लाटरले आगामी वर्ष पद छाड्ने भएका छन् ।
विश्व फुटबलको नियमनकारी निकाय कतार विश्वकपलाई दिएर भ्रष्टाचारको आरोपमा मुछिएपछि ब्लाटर पद छाड्न तयार भएका हुन् । युरोपेली फुटबल संघले ब्लाटरलाई फेरि ५ वर्षे कार्यकालका लागि अध्यक्ष हुने सोच नबनाउन आग्रह गरेको थियो । डच फुटबल एशोसिएसनमन प्रमुख माइकल भान प्रागले ब्लाटरलाई फेरि अध्यक्ष बन्ने प्रयास नगर्न भनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले ब्लाटरले फिफाको स्क्यान्डलको जिम्मा लिनु पर्ने बताएका छन् ।
इंग्लाण्ड फुटबल एशोसिएसनका प्रमुख ग्रेग डाइकले कतार विश्वकपको भ्रष्टाचारबारे ब्लाटरको प्रतिक्रियालाई चिन्ताजनक भनेका छन् ।