संसदीय सुनुवाई विशेष समितिको बैठक आज बस्दै
Admin / 2014-05-26 02:50:37
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं ।
सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेका आठ न्यायाधीशका विषयमा निर्णय गर्न आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ ।
न्यायापरिषदले सिफारिस गरेका ८ जनाको हिजो सनुवाई सकिएको छ । हिजो एकै दिन चार जनाको सनुवाई भएको थियो । गएको बुधवार उजुरी कर्ताहरुसँग बयान लिएको समितिले शुक्रवारदेखि प्रस्तावित न्यायधीशको सुनुवाई गरेको हो ।
शनिबार समितिले प्रस्तावित न्यायाधीश दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको सुनुवाई पुरा गरेको छ । संसदिय सुनुवाइका लागि ३५ दिनको म्याद रहेकाले भोलिसम्म समितिले निर्णय गरिसक्नुपर्ने हुन्छ ।
सिफारिस भएका व्यक्तिका विषयमा भोलिसम्ममा कुनै पनि निर्णय नभए उनीहरु स्वतः सर्वोच्चको न्यायाधिसमा नियुक्त हुन सक्ने कानुनी व्यवस्था छ । तर निर्णय बदर गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
सनुवाई समितिको बैठक आज दिउँसो २ बजे बोलाइएको छ ।
यस्तै, संविधानसभाको बैठकमा आज पनि न्याय प्रणालीसम्बन्धी सहमति असहमतिका प्रतिवेदनमाथि छलफल जारी रहने भएको छ ।
संविधानसभाको बैठकमा संविधान लेखन अध्ययन तथा निक्र्यौल समितिले पेश गरेको न्यायाप्रणाली सम्बन्धि प्रतिवेदनमाथि छलफल नसकिएकाले आजपनि जारी रहने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-05-26 02:50:37
प्रतिक्रिया: