नेपाली जनसम्पर्क समितिको मतदान सम्पन्न
Admin / 2014-05-25 05:11:03
नेपाल व्यूरो–जेठ ११,टोकियो।
नेपाली कांग्रेस प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ ।
समितिको जारी पाँचौ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मत नभएपछि आज मतदान भएको हो । सात वटै क्षेत्रमा भएको सो निर्वाचनको अहिले मत गणना जारी छ । आज भएको मतदानमा कुल दुई सय ६२ मतदाता सहभागी भएका थिए ।
महाधिवेशनमा सबैभन्दा बढी कान्तोमा ७९ जना मतदाता छन् । त्यस्तै नागोया क्षेत्रमा ४६ र नितागा क्षेत्रमा ४२ मतदाता रहेका छन् । त्यसैले यी तीन क्षेत्र महाधिवेशनबाट अध्यक्ष चुन्नमा महत्वपूर्ण मानिएको छ । सबैभन्दा कम मतदाता भएको फुकोओकामा १४ मतदाता छन् । त्यस्तै हिरोसिमामा २५ र ओशाकामा २३ मतदाता छन्।
नयाँ नेतृत्वका लागि पासाङ शेर्पा र नारायण सुवेदी प्यानलबीच प्रतिस्पर्धा भएको हो ।
प्रकाशित मिति: 2014-05-25 05:11:03
प्रतिक्रिया: