दुग्ध विकास संस्थान डिडिसीद्धारा दुधको मूल्यमा दोस्रोपटक वृद्धि
Admin / 2014-05-19 02:58:47
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले दुधको मूल्य सुटुक्क बढाएको छ ।
१ जेठबाट संस्थानले हरियो प्याकेटको दुधको मूल्यमा २ रुपैयाँ वृद्धि गरी प्रति लिटर ७० रुपैयाँमा बिक्री गरिरहेको हो । संस्थानले गाईको शुद्ध दुध (काऊ मिल्क) को भाऊ समेत बढाएको छ । संस्थान प्रवक्ता गिरिधर बज्राचार्यका अनुसार काऊ मिल्कको भाऊ प्रतिलिटर चार रुपैयाँ वृद्धि गरी ६४ रुपैयाँ पुर्याइएको छ ।
मूल्यवृद्धिपछि हरियो प्याकेटको दुध प्रतिपोका ३५ रुपैयाँ र काऊ मिल्को प्रतिपोका ३२ रुपैयाँ बजार मूल्य पुगेको छ । संस्थानले साधारण (निलो प्याकेटको) दुधको मूल्य भने वद्धि गरेको छैन । निलो प्याकेटको दुध २८ रुपैयाँ प्रतिपोकामै बिक्री भइरहेको संस्थानले जनाएको छ । अहिले माग अनुसार उत्पादन हनु नसक्दा प्रशोधन लागत बढेका कारण मूल्य बढाइएको प्रवक्ता बज्राचार्यको दाबी छ ।
संस्थानले यसअघि २८ फागुनमा पनि दुधको मूल्य बढाएको थियो ।
प्रकाशित मिति: 2014-05-19 02:58:47
प्रतिक्रिया: