राजनीतिलाई संस्थागत गर्न सकेमात्र मुलुकको विकास हुन्छ : राष्ट्रपति यादव
Admin / 2014-09-10 08:21:37
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
राष्ट्रपति डा.रामवरण यादवले राजनीतिलाई संस्थागत गर्न सकेमात्र मुलुकको विकास हुने धारणा व्यक्त गर्नुभएको छ ।
आज ललितपुरमा आयोजित दलित अधिकारका विविध सवाल र यसका आयामहरु विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति यादवले दलहरुले संविधान बनाउन ढिलाई गरेका कारण आफू लामो समयसम्म पदमा बसिरहनुपरेको बताउनुभएको छ ।
राष्ट्रपति यादवले दलहरु अझै संविधान लेखन कार्यमा लागिरहेको अवस्थामा सहयोग गर्ने भन्दै पद छाड्न नमिल्ने समेत उल्लेख गर्नुभयो ।
मुलुक अझै प्रणालीमा चल्न नसकेकाले सबै परिर्वतनलाई दिगो बनाउदै समानता र बिभेदको अन्त्य गर्नुपर्ने उहाँको भनाई छ । राष्ट्रपति यादवले सबै समुदायमा समान शिक्षा र समान अधिकार दिन सके बर्षैदेखि जारी विभेद अन्त्य हुने बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-10 08:21:37
प्रतिक्रिया: