नेपाल पुलिस क्लव पहिलो खेलबाटै बाहिरियो
Admin / 2014-09-04 09:01:10
नेपाल ब्युरो–भदौ १९, काठमाडौ ।
उपाधिको अर्को दावेदार टोली नेपाल पुलिस क्लब पनि राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
आर्मी भने सेमिफाइनलमा पुग्ने तेस्रो टिम भएको छ ।
नेपाल आर्मी क्लवसँग २–० ले पराजित हुँदै पुलिस एन्फा कप फुटवलबाट बाहिरिएको छ । प्रतियोगितामा यसअघि थ्री स्टार क्लव र मनाङ मस्र्याङदी क्लव पनि बाहिरिएका थिए ।
दशरथ रंगशालामा अर्को विभागीय टोली नेपाल पुलिसलाई २–० ले हराउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरेका हुन ।
पुलिसले गोल गर्ने केही मौका गुमाएको थियो । प्रतियोगितामा भोली सरस्वती क्लव र मोरङ फुटबल क्लव बिच खेल हुनेछ ।
प्रकाशित मिति: 2014-09-04 09:01:10
प्रतिक्रिया: