मध्यरातमा बसेको बैठकद्धारा १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस
Admin / 2014-09-01 04:17:14
नेपाल ब्युरो– भदौ १६, काठमाडौ ।
नेपाल प्रहरीका १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरेको हो ।
समितिको मध्यरात बसेको बैठकले मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पुशपति उपाध्याय, रामकुमार खनाल, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रासद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसंह बम, मिङमार लमा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरको हो ।
प्रहरी नियमावलीले अहिले एसएसपी भएका ७५ जनालाई नै डिआइजी उम्मेदेवारको लागि योग्य बनाए पनि २०४३ र २०४४ ब्याचकाहरु प्रतिस्पर्धी रहेका थिए । सिफारिसमा परेकाहरु अधिकांश २०४४ ब्याचका हुन् ।
हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगसँगै प्रहरी संगठनमा प्रवेश गरेका केही एसएपी बढुवामा परेका छैनन् ।
प्रकाशित मिति: 2014-09-01 04:17:14
प्रतिक्रिया: