दशरथ रंगशालामा भोलीबाट सुरु हुने एन्फा कप नक आउट फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सो प्रयिोगीताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
दशरथ रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रथम उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाउनु भएको छ ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याग्दी क्लवले झापा फुटबल क्लवको सामना गर्नेछ । ८ टोली सहभागि प्रतियोगिताको समुह ए मा मनाङ मस्र्याग्दी क्लव, थ्रिस्टार क्लव, झापा फुटबल क्लव र सशस्त्र प्रहरीको एपीएफ टिम रहेका छन् । यसैगरी समुह बी मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, संकटा क्लव र मोरङ फुटबल क्लव रहेका छन् ।