तीन दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन गर्न काँग्रेस एमाले सहमत
Admin / 2014-08-28 07:50:38
नेपाल ब्युरो– भदौ १२,काठमाडौ ।
तीन दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कांग्रेस एमाले सहमत भएका छन् ।
एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा तीन दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कांग्रेस र एमालेका नेताहरु सहमत भएका हुन् ।
एकिकृत माओवादीले भने उच्चस्तरीय समितिमा तीन दलमात्रै नभई मधेसवादी र जनजातिलाचई पनि समेट्नुपर्ने शर्त अघि सार्दै कांग्रेस र एमालेको प्रस्ताव अस्वीकार गरेको छ ।
प्राप्त जानकारीअनुसार आज बिहान कांग्रेस र एमालेका तर्फबाट तीन दलीय समिति बनाउने प्रस्ताव एमाओवादी अध्यक्ष दाहाल समक्ष पुर्याइएको हो । कांग्रेस, एमाले र एमाओवादी मात्रै सम्मिलित समिति बनाएको अवस्थामा दाहाललाई संयोजक बनाउन तयार रहेको एमाले कांग्रेसको प्रस्तावमा उल्लेख छ
प्रकाशित मिति: 2014-08-28 07:50:38
प्रतिक्रिया: