म्यानचेष्टर सिटीको जीत
Admin / 2014-08-26 03:22:17
नेपाल ब्युरो– भदौ १०, एजेन्सी ।
इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुललाई पराजित गरेको छ।
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई म्यानचेष्टर सिटीले ३–१ गोलअन्तरले पराजित गरेको हो ।
गए राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुलमाथि ३–१ को प्रभावशाली जित हात पारेको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४१ औं मिनेटमा स्टीभन जोभिटिकको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा जोभिटिकले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । एग्युरोले इडेन जोकोको स्थानमा मैदान प्रवेश गरेको मात्र २३ सेकेण्डमा गोल गरेका हुन् । ८४ औ मिनेटमा सिटीका जाबालेटाले आत्मघाती गोल गरेपनि लिभरपुल खेलमा फर्कन सकेन ।
प्रकाशित मिति: 2014-08-26 03:22:17
प्रतिक्रिया: