नेपालको सुरक्षा नीतिबारे बहस आवश्यक छ : गौतम
Admin / 2014-07-17 08:42:13
नेपाल ब्युरो–साउन १,काठमाडौँ ।
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपालको सुरक्षा नीतिबारे बहस आवश्यक भएको बताउनुभएको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै गौतमले मुलुकमा संघीय व्यवस्था लागु गरेपछि कस्तो सुरक्षा व्यवस्था लागु गर्ने भन्ने बारेमा दलहरुले बहस गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र एकीकृत माओवादीका सचिव वर्षमान पुन लगायतले संघीय व्यवस्थामा जाँदा सुरक्षा नीतिलाई थप प्रभावकारी बनाउने गरी संरचना निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मुलकको सुरक्षा अवस्था कमजोर बन्दै गएको भन्दै उहाँहरुले चुस्त दुरुस्त बनाउँन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: 2014-07-17 08:42:13
प्रतिक्रिया: