आगामी आर्थिक बर्षको बजेट आज सार्वजनिक हुने
Admin / 2014-07-13 02:48:09
नेपाल ब्युरो–असार २९,काठमाडौँ।
आर्थिक बर्ष २०७१ /०७२ को बार्षिक बजेट आज सार्वजनिक हुने भएको छ ।
६ खर्ब २० अर्ब हाराहारीको बजेट सरकारले आज ब्यवस्थापिका संसदमा प्रस्तुत गर्नेछ । अर्थमन्त्री रामशरण महतले आज सार्वजनिक गर्ने बजेटमा पूर्वाधार विकास, उर्जा, जलस्रोत कृषिमा प्राथकिता दिइएको छ ।
निर्वाचन क्षेत्र विकासका लागि पनि छुट्टै बजेट विनियोजन हुनेछ । पुराना कार्यक्रमले प्राथमिकता पाउने र केही नयाँ कार्यक्रम पनि थपिने अर्थका अधिकारीहरुले बताएका छन् । राष्ट्रिय योजना आयोगले तोकेको सिलिङमै आधारित हुनेगरि बजेट विनियोजन हुन लागेको छ । यसपटक कर्मचारीको तलब पनि केही मात्रमा बृद्धि गर्ने सरकारको तयारी छ ।
मदिराजन्य बस्तुको राजस्वमा बृद्धि गरिनेछ । बजेट प्रस्तुत गर्न व्यवस्थापिका संसदको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: 2014-07-13 02:48:09
प्रतिक्रिया: