पेट्रोलियम पदार्थको अभाव आजबाट अन्त्य हुने
Admin / 2014-05-23 02:53:49
नेपाल ब्युरो –जेठ ९, काठमाण्डौँ ।
राजधानीमा केही दिनदेखि भएको पेट्रोलियम पदार्थको अभाव आजबाट अन्त्य हुने नेपाल आयल निगमले जनाएको छ ।
आवश्यक मात्रामा भारतबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेकोले बजारमा अब कुनै अभाव नहुने निगमले स्पष्ट पारेको हो ।
यस्तै केही दिन बजारमा भएको पेट्रोलियम पदार्थको अभाव हुनुमा निगमको कुनै हात नरहेको निगमले दाबी गरेको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति र बिक्री वितरणको प्रकृयाबारे स्थलगत रुपमा जानकारी गराउन थानकोट डिपोमा हिजो गरिएको कार्यक्रममा यस्तो दाबी गरिएको हो । निगमले गुणस्तरहीन पेट्रोलियम पदार्थको बिक्री वितरण नगरेको पनि जनाएको छ ।
रक्सौलबाट भित्रने पेट्रोल पूर्ण रुपमा निगमले परीक्षण गरेर मात्र बजारमा पठाउने भएकाले यसरी पठाइएको पेट्रोल कुनै पनि हालतमा गुणस्तरहीन नहुने निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले बताउनुभयो ।
प्रकाशित मिति: 2014-05-23 02:53:49
प्रतिक्रिया: