ट्रयाक्टर दुर्घटनामा २ जनाको ज्यान गयो
Admin / 2014-05-19 03:44:26
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा न ११ तिखामा हिजो बेलुकी भएको ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय दिपायलले दिएको जनाकारी अनुसार क्षेत्रीय सदरमुकाम दिपायलबाट मौवातर्फ जाँदै गरेको भे १ त ४०६६ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं. ११ तिखा गाउँका दिले नेपाली र वडा नं. १२ सिरखोलीसैनकी ४० वर्षकी ईशारा भुल रहेका छन् ।
घाईते चालकको दिपायलमा उपचार भईरहेको भने अन्य घाईतेको राजपुरस्थित सुजङग अस्पतालमा उपचार भईरहेको छ । ट्रयाक्टर सडकबाट करिब एक सय मिटर तल खसेको र दुर्घटनाको कारणँबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक लालबहादुर रावलले बताउनुभयो ।
प्रकाशित मिति: 2014-05-19 03:44:26
प्रतिक्रिया: