बलिउड अभिनेत्री ममता कुलकर्णीलाई ड्रग तस्करीको आरोपमा केन्याको मोम्बासामा गिरफ्तार गरिएको छ।ममतालाई प्रहरीले यसबारेमा सोधपुछ गरिरहेको छ। प्रहरीले उनको पति विकीलाई पनि गिरफ्तार गरेका छन।विकी कुख्यात ड्रग तस्कर रहेको बताईएको छ। उनलाई दुबईमा यस्तै आरोपमा जन्मकैद सजाय दिईएको थियो।तर जेलमै धर्म परिबर्तन गरि ईस्लाम धर्म माने पछि सजाय घटाएको थियो।
दुबईमा जन्मकैद २५ को हुने गर्दछ तर
कैदीले सजाय कम गर्न अपिल पनि गर्न सक्दछ।जेलमा राम्रो ब्यबहार देखाउने, कुरानको
अध्ययन गर्ने वा ईस्लाम धर्म अंगालेमा सजाय कम गरिदिने गर्दछ।जेल सजाय कम गराउने
अपिल गर्न बिकीले ईस्लाम धर्म अंगालेको बताईन्छ।
कुनै समय बॉलीवुडमा बोल्ड दृष्य दिएर चर्चा कमाएकी ममता कुलकर्णी गत बर्ष सन्यासि बनेकी थिईन।ममताले 'आशिक आवारा', 'सबसे बड़े खिलाड़ी', 'बाजी', 'वक्त हमारा है', 'क्रांतिवीर' और 'चाइनागेट' करन अर्जुन लगायतका चलचित्रमा अभिनय गरेकी थिईन।