आफ्नो अन्तरिक्ष अभियानमा अभूतपूर्व सफलता
हात पार्दै भारतले मंगल ग्रहको कक्षमा अन्तरीक्षयान पठाउन सफल भएको छ ।
भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार
उसको स्याटेलाइट मंगलयान मंगल ग्रहको अण्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको
छ ।
यो सफलतासँगै भारत यस्तो देश बनेको छ जसले
पहिलो प्रयासमै आफ्नो अभियान पूरा गरेको छ ।
भारतको मंगल अभियानको निणार्यक चरण सेप्टेम्बर
२४ को बिहान मंगलयानको गतिलाई कम गरेसँग सुरु भएको थियो । गति कम गर्नुको कारण मंगलयान
मंगल ग्रहको कक्षमा गुरुत्वाकर्षणको सन्तुलन कायम गरी स्थापित हुन सकोस् भनेर थियो
। उक्त मिशनको सफलता आन्तिम बाँकी २४ मिनेटमा निर्भर थियो जतिबेला यानको इन्जिनलाई
संचालन गरियो ।
इसरोका अनुसार भारतीय समय अनुसार विहान ८
बजेतिर मंगलयान मंगल ग्रहको कक्षमा स्थापित भएको संकेत मिलेको हो । यो ऐतिहासिक घटनालाई
साक्षात्कार गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैंगलोरस्थित इसरो केन्द्र
पुगेका थिए । उनले मंगल अभियानमा संलग्न सबै वैज्ञानिकलाई बधाइ तथा धन्यवाद दिए ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले पनि टि्वटर
मार्फत भारतलाई बधाइ दिएको छ ।
भारतले आफ्नो मंगल मिसनका लागि ४५० करोड
भारु खर्च गरेको छ ।
के गर्छ मंगलयानले ?
यदि योजना मुताविक मंगलयानले काम गरेमा यसले
आगामी ६ महिनासम्म मंगलको कक्षमा रहेर मंगल ग्रहको वातावरणको अध्ययन गर्नेछ ।
उसले मंगलमा रहेकेा मिथेन ग्यासका साथै त्यहाँ
जिवनको सम्भावनाको समेत अध्ययन गर्नेछ ।
मंगलयानले केही समयपछि मंगल ग्रहका तस्वीर
पठाउन सुरु गर्ने अनुमान गरिएको छ ।
मंगल ग्रहमा सबैभन्दा पहिले सन् १९६४ मा
अमेरिका प्रवेश गरेको थियो । मंगल ग्रहमा पुग्ने दोश्रो राष्ट्र सोभियन संघ (१९७१)
हो भने युरोपेली अन्तरीक्ष एजेन्सी सन् २००३ मा मंगल ग्रहमा प्रवेश गरेको हो ।