सलमान विरुद्ध प्रहरीमा मुद्धा दर्ता
Admin / 2014-09-13 07:41:11
नेपाल ब्युरो– भदौ २८, एजेन्सी ।
बलिउड निकै चर्चित नायक सलमान खान विरुद्ध मुद्धा दर्ता भएको छ ।
उनी विभिन्न खालको मुद्धामा परिरहन्छन् । नायक खान विरुद्ध एक समुदायको धामिर्क भावनालाइ ठोस पुर्याएका भन्दै शुक्रबार पुलिसमा मुद्धा दर्ता भएको हो ।
मोहम्मद असिम मोहम्मद आरिफ नाम गरेका व्यक्तिले धामिर्क भावनालाई ठेस पुर्याएको भन्दै नायक खानमाथी प्रहरीमा उजुरी दर्ता गरेका छन् ।
आरिफका अनुसार नायक सलमानले एनजीओ बिइगं ह्यूमनले भर्खरै मुम्बईमा आयोजना गरेको एक फेसन सोमा मुस्लिम समुदायको भावनालाई चोट पुर्याएको हो ।
उक्त सोमा एक मोडलले र्याम्पमा हिँड्दा लगाएको टिसर्टमा अरबी भाषामा लेखिएको शब्दले मुस्लिम समुदायको भावनामाथी चोट पुर्याएको बताएका छन् ।
यस विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: 2014-09-13 07:41:11
प्रतिक्रिया: