गणेश चतुर्र्थी पर्व आज मनाइँदै
Admin / 2014-08-29 03:24:57
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
देशभर आज गणेश चतुर्थी पर्व मनाइँदै छ ।
शिव–पार्वती पुत्र गणेशको जन्मोत्सवका रुपमा आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ । गणेश चतुर्थीका दिन काठमाडौंमा रहेका मरु गणेशस्थानमा विशेष पुजा हुने गदर्छ ।
यस्तै नेवार समुदायले अनज चथा पर्व मनाउँदैछ । बेलुकी पख चन्द्रमालाई पूजा गरेर चथा मनाइने गरिन्छ ।
हरेक वर्ष भाद्र शुक्ल चौथीको दिन मनाइने चथामा चन्द्रमालाई चोर देवताको संज्ञा दिएर पूजा गरिन्छ । त्यसैले आज चन्द्रमालाई हेर्यो कि मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ ।
टोलटोलमा साँझ कुकुरले भुक्न थालेपछि कौशीको कुनामा लिपपोत गरी कमलको पात विछयाएर कमलको फूल अदुवाको विरुवा, आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी, समय्बजी, फलफूल लगायत चढाएर चन्द्रमालाई पूजा गर्ने गरिन्छ ।
पुराणमा चन्द्रमाले गणेशलाई हात्तिको जस्तो अनुहार भएको, भुँडी पनि बडेमान भएको भनेर जिस्काएको थियो । गणेशले रिसमा चन्द्रमालाई त्र्रिो अनुहार जसले हेर्छ उसलाई चोरदोश लागोस भन्ने सराप दिएको थियो ।
पछि महादेवको करमा गणेशले सधैं नभइ भाद्र शुक्ल चौथीको दिनमात्र चोरदोश लाग्ने गरि श्राप छोट्टयाएको भन्ने उल्लेख छ ।
यस पर्वलाई दशैसँग जोडिएर हेरिने संस्कृतिविद् डाक्टर चुन्दा बज्राचार्य बताउनु हुन्छ । आजको दिन पानी पर्यो कि दशैंमा पनि पानी पर्ने , आज राम्रो भयो कि दशैं पनि राम्रो हुने जन विश्वास छ ।
प्रकाशित मिति: 2014-08-29 03:24:57
प्रतिक्रिया: