फ्रान्सका पूर्वराष्ट्रपति प्रहरी हिरासतमा
Admin
नेपाल ब्युरो–असार १९, एजेन्सी ।
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई प्रहरीले हिरासतमा लिइएको छ ।
फ्रान्सका पूर्वराष्ट्रपतिलाई प्रहरीले हिरासतमा लिएको यो पहिलो घटना भएको बताइएको छ । पदको दुरुपयोग गरेको मुद्दामा सोधपुछका लागि भन्दै उनलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । उनीस“ग पेरिसमा सोधपुछको प्रयास भइरहेको छ तर, उनले भने बोल्न अस्वीकार गरेका छन् ।
यसअघि सोमबार उनका वकिलसँग सोधपुछ गरिएको थियो ।
सूचना आदान प्रदानका लागि उनले एक उच्च पदस्थ न्यायाधीशलाई मोनाकोमा महत्वपूर्ण पद दिने प्रतिवद्दता जनाएको आरोप छ । सार्कोजीले आफूमाथि लागेको आरोप राजनीतिबाट प्रेरित भएको बताएका छन् ।
प्रकाशित मिति: 2014-07-03 04:01:03
प्रतिक्रिया: