माइक्रोबस दुर्घटना हुँदा ४ जनाको मृत्यु , २० घाइते
Admin
नेपाल ब्युरो– असार १०, सुर्खेत ।
सुर्खेतको छिन्चु–६ पाँडुलेमा माइक्रोबस दुर्घटना हुँदा एक बालिकासहित ४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सुर्खेतको बाटेचौरबाट वीरेन्द्ररनगरतर्फ जाँदै गरेको वा २ ख ६१९२ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दशरथपुर २ का ४ वर्षिया अनिता केसी, दशरथपुर ५ की ४० वर्षिया कमला खड्का, मेलकुना ७ का ३० वर्षिय दीपक केसी र खानीखोला १ का दुर्गा विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका केहीलाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको सुर्खेतमा उपचार भइरहेको छ ।
यता, पृथ्वी राजमार्ग अन्र्तगत धादिङको पीडा गाविस वडा नम्बर १ जरेखेतमा आज विहान दुई वटा सवारी आपसमा ठोक्किदा २१ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ६९८० नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना ३ ख ६१२३ नम्बरको डिब्बावाला ट्रक आपसमा ठोक्किदा दुबै सवारीका चालकसहित २१ जना घाइते भएका हुन् ।
प्रकाशित मिति: 2014-06-24 08:40:53
प्रतिक्रिया: