नवौं महाधिवेशनको प्रतिनिधी छनौट प्रभावित गर्न नपाउने एमालेको आचारसंहिता सार्वजनिक
Admin
नेपाल ब्युरो–असार २, काठमाडौँ ।
नेकपा एमालेले सरकारका मन्त्री, सभासद लगायतले पदीय हैसियत दुरुपयोग गरी आसन्न नवौं महाधिवेशनको प्रतिनिधी छनौट प्रभावित गर्न नपाउने आचारसंहिता बनाएको छ ।
एमालेले हिजो अन्तरपार्टी निर्देशन जारी गरी आगामी असार ७ गते हुने प्रतिनिधी छनौटमा कडाइका साथ लागू गर्न निर्देशन दिएको हो ।
मन्त्री, सभासद लगायत सबै नेता कार्यकर्ता अध्यक्षका आकांक्षी वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र केपी शर्मा ओलीको पक्षमा खुलेरै देशभर छुट्टाछुट्टै भेला गरेपछि अध्यक्ष झलनाथ खनालले यस्तो आचारसंहिता सार्वजनिक गर्नुभएको हो ।
एमाले महाधिवेशनका लागि असार ७ गते देशभर प्रतिनिधी छनौटको कार्य सम्पन्न हुदैछ ।
प्रकाशित मिति: 2014-06-16 03:51:26
प्रतिक्रिया: