हवाई क्षेत्रलाई बेलायतले सहयोग गर्ने
Admin
नेपाल ब्युरो –जेठ २०, काठमाडौ ।
बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले नेपाली हवाई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन बेलायतले सहयोग गर्ने बताउनुभएको छ ।
काठमाडौंबाट पोखरा जाने क्रममा आज त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्नुहुँदै स्वायरले नेपाली हवाई क्षेत्रलाई सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
स्वायरले हवाई सुरक्षाका कारण नेपालको पर्यटन उद्योगमा समेत नकारात्मक असर परेको हुदा नेपालले आफ्नो आन्तरिक र अन्तर्राष्ट्रिय दुबै तर्फका हवाई यात्रुहरुलाई सुरक्षाको प्रत्याभुति दिनुपर्नेमा उहाँको जोड थियो ।
युरोपेली संघले नेपाली विमानलाई कालो सूचीमा राखिरहेकै बेला उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रकाशित मिति: 2014-06-03 03:03:48
प्रतिक्रिया: